लोकदोहोरी गायनका चर्चित गायक गायिका पशुपति शर्मा र जानकी तारामी मगरले दशैं तिहारलाई लक्षित गरेर तयार पारेको गीतको म्युजिक भिडियोलाई दर्शकले मनपराएका छन् । युट्युबमा पोष्ट गरेको केहि दिनमै करिब ४० हजार पटक यो भिडियोलाई हेरिसकिएको छ ।
शब्द र संगीत पशुपतिको रहेको यो गीतमा परदेशमा भएको श्रीमान् र स्वदेशमा हुने श्रीमतीको विरहका साथमा तिहारको देउसी भैलोलाई मिठो भाकामा प्रस्तुत गरिएको छ । भिडियोमा पशुपति र जानकीको अभिनय छ । सनराइज म्युजिक प्रालीले बजार प्रबद्र्धन गरेको यो गीतको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भनें छायाँकन करण चाइशिरले गरेका हुन् । ‘दशैं र तिहारकै लागि भनेर यो गीत मेहनतका साथ तयार गरेका हौं’ जानकीले भनिन्– ‘मुलुकमा निराशाजनक अवस्था भएपनि यो गीत र भिडियोले आम नेपालीलाई खुशीको संचार गर्दै स्वस्थ मनोरन्जन प्रदान गरोस भन्ने हाम्रो अपेक्षा हो ।’ १६ मिनेट लामो भिडियो भएपनि भिडियो हेरुन्जेल समय वितेको पत्तो नै नपाईने जानकीले जिकिर गरिन् ।