साप्ताहिक संवाददाता
पारसलाई ऋषि धमलाको सनसनीपूर्ण प्रश्न
धमला : पारसजी तपाईं त हेल्मेट लगाएर ब्याटिङ गर्दै हुनुहुन्थ्यो, बाइकचाहिँ कता पार्किङ गर्नुभयो नि ?
पारस सेन्टिफ्लाट ।
धमलाको पुन: अर्को प्रश्न
धमला : तपाईं ब्याटिङ गर्दा हेलमेट त लगाउनुहुन्छ तर बिलबुक र लाइसेन्स त बोक्नुहुन्न नि, के तपाईंलाई ट्राफिक नियम लाग्दैन ??
बेहोसपछि उठ्न लागेका पारस फेरि सर्ट कोमामा ।
०००
धमला : पारसजी, कुन मोबाइल बोक्नुहुन्छ तपाईं ?
पारस : आइफोन ।
धमला : कुन कम्पनीको ? सामसुङको आइफोन कि नोकियाको ? एलजीको हो कि हुवावेको हो ? कुन को भन्नुस कुन को हो ?
०००
धमला : पारसजी, तपाईं क्रिकेट टिमको के रे ?
पारस : म टिमको कप्तान ।
धमला : भन्नाले ?
पारस : क्लासको मनिटरजस्तो ।
धमला : ए मनिटरजस्तो पो, त्यसो भए त गए दिन तपाईंका, जमाना एलसिडी र एलइडीको आइसक्यो ।
०००
धमलाले क्रिकेट टिमका कप्तान पारस खड्कालाई इन्टरभ्यु लिन बोलाएछन् ।
धमला : श्रीलंकाले टि–ट्वेन्टी त जित्यो, अब टि–फोर्टी, टि–सिक्स्टी, टि–एट्टी कहिले जित्छ ?
पारस खड्का अन्तर्वार्ताको सुरुवातमै बेहोस ।
०००
धमला : पारसजी, मोबाइल बोक्नुहुन्छ ?
पारस : अँ बोक्छु, आइफोन फोर ।
धमला : यत्रो मान्छे भएर तपाईं अझै फोर मोबाइल बोक्नुहुन्छ ? सफा मोबाइल बोक्न अझै तपाईंलाई कति लाग्छ ? १ वर्ष, २ वर्ष, ५ वर्ष ? कति ? कैले ? कैले ?
०००
ऋषि धमलाको प्रश्न पारसलाई
ऋषि धमला : बंगलादेशसँग नेपालको हारको कारण के हो ? बंगालीहरू त मैदानमा ११ जना थिए, तपाईंहरू किन २ जना मात्रै ?
पारस उत्तर दिन नसकी अक्क न बक्क ।
०००
धमलाको अर्को प्रश्न
धमला : पारसजी, क्रिकेट त खेल्नुभयो तर गोल हान्न सक्नुभएन नि ?