साप्ताहिक संवाददाता
- चाडपर्वमा धेरै थरीका परिकार सेवन गर्दा शरीरमा नुन र चिल्लोको मात्रा बढ्न सक्छ । यसले पाचन प्रक्रियामा हानि पुर्याउने भएकाले विशेष ध्यान पुर्याउनुपर्छ ।
- रमाइलो गर्ने बहानामा धेरै समय एउटै स्थानमा वा मध्यरातसम्म बसे स्वस्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।
- चाडपर्वमा एकैचोटि धेरै किसिमका परिकार खाइन्छ, जुन ठीक होइन । कतिपय खानेकुरा आपसमा मिल्दैनन् र विषाक्त हुन पुग्छन् ।
- जमघटमा मदिरा सेवन गर्नेहरूले पनि नियन्त्रित मात्रामा पिउनुपर्छ ।
- दसैंका बेला अनियन्त्रित रूपमा मासु एवं रक्सी सेवन गर्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ ।
- औषधी सेवन गरिरहेकाहरूको खानपान नियन्त्रित हुनुपर्छ ।
- मासु ल्याइसकेपछि धोइपखाली, राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
- दसैंमा हरेकजसो छाक मासु खाइन्छ । त्यसैले हरेक छाकमा मासुको मात्रा कम गर्नुपर्छ ।
- मदिरा पिउनुअघि २/३ लिटर पानी पिउनुपर्छ ।
- धेरै खाएर रातभर जाग्राम बस्दा स्वास्थ्य खराब हुन्छ ।