साप्ताहिक संवाददाता
कार्तिक १, २०७२
खानलाई छैन दुई मुठी अन्न
खसी चाहीँ सिङ्गै चाहिने
घर जग्गा राखे साहु बा काँ
ऋण जती चाहिएनी पाईने
तीज क्विनको उपनाम पाएकी गायिका कोमल वलीले दसैं र तिहारलाई लक्षित गरेर गाएको यो भाकाको गीतलाई उनी इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । अजय अधिकारी सुशिलको शब्द र संगित रहेको यो गीतमा कोमल ओली र अजय अधिकारी सुशिलले स्वर दिएका छन् । नृत्य निर्देशक लक्ष्मी अधिकारीको कोरियोग्राफी रहेको उक्त म्यूजिक भीडियोको निर्देशनपनि अजय अधिकारी सुशिलले नै गरेका छन् ।