बार्सिलोनामा प्रस्तुत हुँदै राजेशपायल

- साप्ताहिक संवाददाता

कार्तिक ८, २०७२

स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रममा व्यस्त भैरहेका गायक राजेशपायल राई यतिबेला आफ्नो दोस्रो यूरोप भ्रमणको क्रममा स्पेनको बार्सिलोना पुगेका छन् । 

आज साँझ बार्सिलोमा आयोजना हुने सांगीतिक कार्यक्रममा राजेशपायलले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् । स्थानीय समय अनुसार आज साँझ ७ बजेपछि प्रारम्भ हुने यो कार्यक्रम राजेशपायलको यूरोप भ्रमणको पनि पहिलो कार्यक्रम हो । एनआरएन स्पेनले आयोजना गर्न लागेको यो कार्यक्रममा राजेशपायलले दुई दर्जनभन्दा बढि गीत–संगीत प्रस्तुत गर्ने साप्ताहिकलाई बताए । बार्सिलोनापछि राजेशपायल डेनमार्क, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, जर्मनी र पोर्चुगलमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागि हुनेछन् । 

 

प्रकाशित :कार्तिक ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्