‘मिस पोखराको–२०१५’ को संस्करणमा सहभागिताका लागि आवेदन खुल्ला गरिएको छ । जेसिआई पोखराको आयोजना तथा इभेन्ट्स फोर यूको व्यवस्थापनमा सञ्चालन हुने मिस पोखरा–२०१५ को ग्रान्ड फिनाले मंसिर ५ गते हुने बताइएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने युवती १७ देखि २४ वर्ष उमेर समूहभित्रको हुनुपर्ने प्रावधान छ । कम्तीमा १० जोड दुई वा सो सरहको अध्ययन पूरा गरेका कम्तीमा ५ फिट ४ इन्च अग्ला युवतीले यो प्रतियोगिताका लागि आवेदन दिएका छन् ।
मिस पोखरा विजेताले आगामी मिस नेपाल प्रतियोगितामा आफ्नो उपस्थिति सिधै सुरक्षित गर्नेछिन् । सन् १९९५ मिस पोखरा प्रारम्भ भएदेखि नै मिस नेपाल प्रतियोगितामा मिस पोखरा विजेताको उल्लेखनीय उपस्थिति रहिआएको छ, जसमा प्रथम मिस पोखरा रिता गुरुङले मिस नेपाल १९९५ मा फस्ट रनरर्सपको उपाधि जितेकी थिइन् । यसैगरी सन् १९९६ की मिस पोखरा विजेता विनिता गुरुङले मिस नेपाल १९९६ मा सेकेन्ड रनर्सअप उपाधि जितेकी थिइन् ।
सन् १९९७ का मिस पोखरा निलिमा गुरुङ मिस नेपाल १९९७ को मुख्य उपाधिसँगै मिस पर्सनालिटीको एवार्ड पनि जितेकी थिइन् । मिस पोखरा १९९८ सुनिता रञ्जितले मिस नेपाल १९९८ मा टपटेनसम्मको यात्रा गरेकी थिइन् भने मिस पोखरा १९९९ कृपा श्रेष्ठले मिस नेपाल १९९९मा सेकेन्ड रनर्सअप उपाधि जितेकी थिइन् । त्यसपछि भने मिस पोखरामा लामो समयसम्म विराम लाग्यो र सन् २०१३ मा यसले पुन: निरन्तरता पायो, जसमा विजयी हुँदै रश्मि अधिकारीले मिस नेपाल २०१४ मा पोखराको प्रतिनिधित्व गरिन् र मिस ब्युटीफुल हेयरको एवार्ड हात पारिन् ।