साप्ताहिक संवाददाता
कार्तिक १३, २०७२
तिम्ले भन्यौ प्रिय तिम्रा लागि सिङ्गै मुटु दिन्छु
मैले भनें मुटु लिन्न यौटा किड्नी मात्र लिन्छु
आत्तिएर भन्यौ आफ्ना किड्नी त दिन सक्दिनँ
बरु तिम्लाई चाहने कसैको किड्नी किन्छु ।
०००
पत्थरमै पसेर पत्थर भैसकेको भगवान्सँग
के वरदान मागिरहन्छौ तिमी त्यस्तो नादानसँग
फूलपाती होइन फूल पेमेन्टै लैजाऊ सिधै क्वाटरमै
आजभोलि सत्ता क्वाटर नै कब्जामा छ शैतानसँग ।