साप्ताहिक संवाददाता
कार्तिक १३, २०७२
- शिशुलाई घुमाउन आफन्तकहाँ पठाउनुहोस् । यसो गर्नाले बालबालिकाले पनि राम्रोसँग समय बिताउन पाउँछन् भने तपाईंले पनि एकान्त पाउनुहुनेछ ।
- बिदाको समय ब्युटी सैलुन गएर स्पा, बडी मसाज वा मेनिक्योर गराउनुहोस् । स्वयं आफैंलाई प्राथमिकता दिने बानी बसाउनुहोस् । जे गर्नुहुन्छ, आफ्नो खुसीका लागि गर्नुहोस् ।
- जब थकान महसुस हुन्छ, दस पटक लामो सास लिनुहोस्, जसले गर्दा शरीरमा पर्याप्त अक्सिजन पुगोस् ।
- शरीरमा पानीको कमीले थकान महसुस हुन्छ, यसैले एक गिलास बरफ पानीमा कागतीको रस हालेर स्वाद अनुसार चिनी वा नुन मिसाएर पिउनुहोस् । यसबाट तत्काल इनर्जी प्राप्त हुन्छ ।
- आफूलाई मन पर्ने कामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् ।