साप्ताहिक संवाददाता
बढीजसो त नाम र दामका लागि लेखिएको पाइन्छ । (साहित्य : अहिले राम्रा साहित्य लेखिन थालेका छन्– बुद्धिसागर) राम्रो साहित्य लेख्नेहरू त दुर्लभ नै छन् ।
धु्रव अधिकारी
यो सामग्री उपयोगी लाग्यो ।
(टिप्स : जमराको रसको फाइदा) जमराका पनि यति धेरै फाइदा रहेछन्, थाहै थिएन ।
विद्या सापकोटा
मिडियामा पहिले स्थान नपाएका तर घुम्नलायक पर्यटकीय स्थललाई पनि स्थान दिनुपर्यो । (चाडबाडका लागि १० गन्तव्य) यसबाट आन्तरिक पर्यटन फस्टाउन सक्छ ।
इन्दिरा घिमिरे
कथा मीठो लाग्यो । (कथा : रंगहरूको संगीत) अन्य अंकहरूमा यस्तै छोटा कथा पढ्न पाइयोस् ।
राज सोनी
साप्ताहिकको साइबर जिज्ञासा स्तम्भमा एसएमएसबाट प्रश्न पठाउन सकिँदैन ?
ब्रिजेस राई
भिडियो गेमको क्रेज निकै बढेछ । (गेमिङ कन्सोलको क्रेज) नेपालमा पनि यसले राम्रै बजार लिएको रहेछ । समयअनुसार प्रविधि फेरिनु सान्दर्भिक कुरा नै हो ।
प्रगति काफ्ले
कल ब्रेक गुगल प्लेबाट डाउनलोड गर्न सकिँदैन ? (स्मार्टफोनमा लोकप्रिय हुँदै आएका गेम) ।
विक्रम राई
अनि साइकलचाहिँ कहाँ बन्छ नि ? (नो पेट्रोल नो प्रोब्लम) यसको पार्टपुर्जा कहाँबाट आउँछ ?
कुमारविक्रम लामा
इलेक्ट्रिक साइकल भए ढुक्क भइन्थ्यो । (नो पेट्रोल नो प्रोब्लम)
राधाकृष्ण ढुंगाना
इन्दिराजी, कसरी दु:ख पाइयो नि ? (नाइँ भन्न नजानेर धेरै दु:ख पाएँ–इन्दिरा जोशी) गर्न नसक्ने कामलाई त नाइँ भन्दा हुन्छ ।
ओमप्रकाश गिरी
प्रियंका कार्कीको जीवनशैली दामी लाग्यो । (जीवनशैली : प्रियंकाको निजी जीवन)
सिर्जना कार्की
नेपाली पहिरनलाई पनि स्थान दिए हुन्थ्यो । (पहिरन : लोकप्रिय हुँदै वेस्टर्न गाउन) नेपाली पहिरनको आफ्नै स्थान र महत्व छ ।
अनिल पालिखे
बाइकको बजार त ओरालो लाग्ला जस्तो छ । (चाडबाड लक्षित बाइक बजार) तेलको अभाव भैरहेका बेला नयाँ–नयाँ बाइकले मात्र के गर्नु ?
मीना श्रेष्ठ