साप्ताहिक संवाददाता
कार्तिक १५, २०७२
पूर्व मिस नेपाल जेनिशा मोक्तान दुलही बन्ने भएकी छिन् । मोडलिङमा समेत सक्रिय जेनिशा फागुनको तेस्रो साता वैवाहिक जीवनमा बाँधिने पक्का भएको हो ।
युवा व्यवसायी दिकेश मलहोत्रासँग जेनिशाले लगनगाँठो कस्ने निर्णय गरेकी हुन् । मलहोत्रा नेपालमा सामसुङ मोबाइलको आधिकारिक डिलर इम्टोग्रेटेड मोबिली सोलूसनका अध्यक्ष हुन् ।
विगत केही वर्षदेखि मोडलिङबाट समेत टाढा रहेकी जेनिशा दिकेशकै अनुरोधमा ग्ल्यामर क्षेत्रबाट टाढिएको बताइन्छ । विवाहपछि जेनिशाले दिकेशलाई व्यवसायमा सघाउने अनुमान गरिएको छ ।