लि रिडमोड
विश्वको सबैभन्दा लामो हातेनङका रूपमा गिनिज बुकमा नाम राख्न सफल अमेरिकाको उताह राज्यकी लि रिडमोडले सन् १९७९ देखि आफ्ना दुवै हातका नङ पाल्न थालेकी थिइन् । उनको नङ २८ फिट ४ दशमलव ५ इन्च लामो थियो । सन् २००९ मा एउटा सडक दुर्घटनामा परेर उनले दुवै हातका नङ गुमाएकी थिइन् ।
श्रीधर चिल्लाल
सबैभन्दा लामो हाते नङको विश्व कीर्तिमान राख्न सफल भारतका श्रीधर चिल्लालले सन् १९५२ देखि आफ्नो एउटा हातमा नङ पाल्न सुरु गरेका थिए । उनको नङ २० फिट २ दशमलव २५ इन्च लामो थियो । विश्व कीर्तिमान राख्न सफल भए पनि नङको तौल थाम्न नसकेर उनी आंैला चलाउन नसक्ने अवस्थामा पुगेका थिए । अन्तत: उनले सन् २००० मा आफ्ना नङ काटेका थिए ।
ज्याज आइसन सिंकफिल्ड
अमेरिकाको एटलान्टा सहरकी श्रीमती ज्याज आइसन सिंकफिल्डको हातेनङ २४ इन्च लामो छ । उनी आफ्ना ती नङको हेरचाह गर्न हरेक महिना २ सय ५० डलर खर्च गर्छिन् ।
लुइस होलिस
सबैभन्दा लामो खुट्टे नङ भएकी महिला अमेरिकाको क्यालिफोर्निया राज्यकी लुइ होलिस हुन् । उनको खुट्टाको नङ ६ इन्च लामो छ ।
विन जियन
विगत १४ वर्षदेखि आफ्नो मानसिक अवस्था नियन्त्रणका लागि बायाँ हातमा नङ पाल्दै आएका व्यक्ति हुन्– चीनका विन जियन । चान्जल, फुजियनका, ४२ वर्षीय जियनको नङ १४ इन्च लामो छ ।
मेल्भिन फिजिल वुथी
लामो हातेनङको विश्व कीर्तिमान राख्ने व्यक्ति अमेरिकाको मिसिगनका मेल्भिन फिजिल वुथी हुन् । उनको नङ ३२ फिट ३ दशमलव ८ इन्च लामो थियो । उनको मृत्यु डिसेम्बर २१, सन् २००९ मा भएको थियो ।
लासिट्टा एड्म
अक्टोबर १९९७ मा अमेरिकाको टेक्सास राज्यका ४३ वर्षीय लासिट्टा एड्मले एउटा बाजी हारेका कारण आफ्ना हातको नङ काटेका थिए । उनको एउटा नङ ३५ इन्च लामो थियो ।
डी एड्म
अमेरिकाको सिकागो सहरका डी एड्मलाई उनले पालेको नङकै कारण गृहनगरको पर्यटन प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ ।
बारबार विंग
अमेरिकाको साल्टलेक सहरका बारबार विङ्गको नङले विश्व कीर्तिमान नराखे पनि उनको नङ बलियो र राम्रो छ । उनले विगत १५ वर्षदेखि नङ पाल्दै आएका छन् ।
स्रोत : इन्टरनेट