साप्ताहिक संवाददाता
कार्तिक १६, २०७२
- ताजा फलफूल नियमित सेवन गरौं ! फलफूलबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्ग स्वस्थ राख्न मद्दत गर्छ ।
- दैनिक ८ देखि १० गिलास अर्थात् ४ लिटरभन्दा बढी पानी पिउनुपर्छ । पानीले शरीरको विकार सफा गर्न मद्दत गर्छ ।
- अत्यधिक मद्यपानले यिष्ट वृद्धि गर्ने भएकाले मदिरालगायत चिया, कफी आदिको सेवन कम गर्नुपर्छ ।
- धेरै गुलियो खानेकुरा तथा दूधबाट बनेका परिकार पनि योनिमार्गमा जीवाणु वृद्धिको कारण हुन्छ, त्यसैले यस्ता खानेकुरा कम खानुपर्छ ।
- सरसफाइप्रति सजग रहनुपर्छ । योनिमार्गलाई धेरै पखाल्दा पनि बेफाइदा हुन्छ, तर सफा भने राख्नुपर्छ ।