क्यानोन कम्पनीले १८ किलोमिटर परैबाट अक्षर चिन्न सक्ने २ सय पचास मेगापिक्सेलको शक्तिशाली क्यामेरा निर्माण गरेको छ । ‘एपीएस–एच सीएमओएस’ सेन्सर प्रविधि जडान भएको उक्त क्यामेराले ‘फोर–के’ क्यामेराको भन्दा ३० गुना बढी चहिकिलो र गुणस्तरीय भिडियो दृश्य खिच्न सक्छ ।
ड्रोन तथा सुरक्षा सम्बद्ध विशेष विमानहरूमा राखी माथि आकाशबाट अपराधलगायत विशेष गतिविधिहरूको पहिचान एवं निरीक्षण गर्ने उद्देश्यले निर्माण गरिएको यो क्यामेरालाई जासुसी क्यामेराका रूपमा लिइएको छ । मेगापिक्सेल रेजुलुसनमा जापानी क्यामेराले विश्व कीर्तिमान राख्दै आएकोमा अब क्यानन कम्पनीले निर्माण गरेको ‘२ सय पचास मेगापिक्सेल–सेन्सर’ क्यामेराले उक्त कीर्तिमानलाई उछिन्ने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले दिएको जानकारीअनुसार उक्त क्यामेराको सहायताबाट अहिलेको फूल एचडी भिडियो क्यामेराभन्दा १ सय २५ गुना राम्रो भिडियो दृश्य एवं तस्बिर कोस टाढा दूरीबाट सेकेन्डमै खिच्न सकिन्छ । अल्ट्र्रा हाई रिजोलुसन क्षमता भएकाले यो क्यामेरालाई अर्को पुस्ताको जासुसी क्यामेराका रूपमा प्रयोग गरिने कम्पनीले बताएको छ ।