म २६ वर्षीया गृहिणी हुँ । मेरो महिनावारी नियमित थियो । ८ महिनाअघि मात्र मैले छोरी पाएँ । त्यसपछि मेरो महिनावारी २ महिना नियमित नै भयो, तर यो महिना मात्र दुई पटक महिनावारी भैसकेको छ । मैले के गर्ने होला ? ममा निकै ठूलो समस्या आएको त होइन ?
सु.
सन्तान लाभ गरिसकेपछि वा सन्तान नपाउँदै पनि कसै–कसैमा महिना नपुग्दै वा महिनामा २–३ पटक पनि एक–दुई दिन थोरै–थोरै रगत देखा पर्न सक्छ । सामान्यत: यो हार्मोनको असन्तुलनका कारण हुन्छ । धेरै महिलामा यो बिस्तारै आफैं निको भएर जान्छ । यस्तो बेला धेरै रगत गए उपचार गराउनुपर्ने हुन सक्छ ।
तुरुन्त सन्तान नचाहने महिलाहरूले पिल्स अर्थात् परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्की (निलोकन, सुनौलो गुलाब, ओभरल) खान सक्छन् । पिल्समा हुने हार्मोनले महिनावारीलाई नियमित बनाउनुका साथै परिवार नियोजनको काम पनि गर्छ, तर यसरी औषधि सुरु
गर्नुअघि चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।