कार्तिक १९, २०७२
सम्पदा बानियाँ, नायिका
मन पर्छ
देउसी–भैलो : वर्षमा एकपटक खेलिने देउसी–भैलो मनोरञ्जक लाग्छ ।
संगीत : तिहारका पाँचै दिन रेडियो तथा टेलिभिजनबाट बज्ने देउसी–भैली मन पर्छ ।
कुकुरपूजा : वर्षभरि घरको सुरक्षा गर्ने कुुकुरलाई गरिने सम्मान मन पर्छ ।
परिकार : तिहारका लागि आवश्यक प्राय: सबै परिकार म आफैं बनाउँछु । ती परिकारको स्वाद मीठो लाग्छ ।
मन पर्दैन
हल्ला : देउसी–भैलो खेल्ने समूहले गर्ने होहल्ला मन पर्दैन ।
बाध्यता : यति नै दक्षिणा दिनुपर्छ भनेर ढिपी गर्ने देउसे समूह मन पर्दैन ।
मदिरापान : मदिरापान गरी मध्यरातसम्म देउसी खेलेको मन पर्दैन ।
खर्च : भाइटीकाका दिन दिदीबहिनीहरूले आवश्यकताभन्दा बढी खर्च गरेको मन पर्दैन ।