साप्ताहिक संवाददाता
कार्तिक १९, २०७२
- तिहारमा मिठाईजस्तै मसलालाई पनि प्राथमिकता दिइन्छ । उक्त मसलालाई भिन्न भिन्न किसिमले तयार गरेर खान गर्न सकिन्छ ।
- सिंगो नरिवललाई प्वाल पारी त्यसमा गाई वा भैंसीको शुद्ध घिउ तताएर भर्ने । घिउ जमिसकेपछि नरिवललाई टुक्राएर खाने ।
- हाडे ओखरलाई आगोमा तताएर जोर्नी चर्किएपछि फुटाउँदा सजिलो हुन्छ ।
- अलैंची र सुकुमेललाई चियामा हालेर सेवन गर्न सकिन्छ । यसले गर्दा मुख र श्वास गन्हाउँदैन ।
- दुधे बालकको जिब्रोमा खटिरा आयो भने बदाम घोटेर लगाउँदा सन्चो हुन्छ ।
- काजु चपाउँदा अरुचि हट्छ ।