कार्तिक १९, २०७२
हास्य कलाकार तथा व्यंग्यकार सन्दीप क्षेत्री म्युजिक भिडियोको निर्देशकसमेत भएका छन् । सन्दीपले निर्देशन गरेको स्वरुपराज आचार्यको स्वरको ‘जे–जे भन्छौ मानी दिन्छु...’ गीतको भिडियो हालै सार्वजनिक भएको छ ।
चेतन सापकोटाद्वारा संगीतबद्ध उक्त भिडियोमा नायिका अनु शाह तथा अजय श्रेष्ठले अभिनय गरेका छन् । मधु घिमिरेको शब्दको यो गीतको भिडियोका छायांकार अर्जुन तिवारी हुन् ।