कार्तिक २०, २०७२
रणजीत झा, गायक
मन पर्छ
बिदा : तिहारमा पाइने तीन–चार दिनको बिदा अमूल्य लाग्छ । बिदामा आरामले सुत्न पाउँदा आनन्द हुन्छ ।
रमाइलो : परिवारका सदस्यसँग बस्न, मन लागेको ठाउँमा घुम्न तथा आफूलाई मन परेको संगीत सुन्दै रमाइलो गर्न पाइन्छ ।
देउसी–भैलो : देउसी–भैलो खेल्न आउने विभिन्न समूहसँग तालमा ताल मिलाएर नाच्न–गाउन पाउँदा असाध्यै रमाइलो हुन्छ ।
दियो : लक्ष्मीपूजासहित तिहारका पाँचै दिन घरभरि दियो बलेको दृश्य रमणीय लाग्छ ।
मन पर्दैन
खर्च : दसैंमा भन्दा तिहारमा बढी खर्च हुन्छ ।
अस्पताल : म चिकित्सा पेसा छु, घरमा रमाइरहँदा बीच–बीचमा अस्पताल जानुपर्ने हुँदा नरमाइलो लाग्छ ।
तास : रमाइलो गर्ने भन्दै खेलिने तास र जुवाका ठूल्ठूला खेल मन पर्दैन ।
नाचगान : देउसी–भैलो खेल्ने क्रममा पार्टीगत गीत गाउने, नेपाली गीतको साटो हिन्दी तथा अंग्रेजी गीतमा उफ्रने शैली मन पर्दैन ।