कार्तिक २२, २०७२
- सयपत्री फूलको माला जति सुन्दर देखिन्छ, यो त्यत्तिकै स्वास्थ्य उपयोगी पनि हुन्छ ।
- सयपत्री फूलको पात र फूलको चिया खाँदा क्यान्सर, ह्दयरोग, स्ट्रोक आदिको सम्भावना कम हुन्छ ।
- काटेको घाउमा सयपत्रीको रस लगाउँदा फाइदा मिल्छ ।
- कीराले टोकेको भागमा फूल वा पात रगड्दा पीडा कम हुनुका साथै सुन्निएको पनि घट्छ ।
- सयपत्रीको पातको रस निकालेर मनतातो बनाई दुई/तीन थोपा कानमा हाल्दा कानको पीडा कम हुन्छ ।
- यसको चिया अपचका रोगीलाई पनि उपयोगी हुन्छ ।
- सोराइसिसका साथै छालाका अन्य समस्यामा सयपत्रीको पात तथा फूल पकाएर चिसो बनाई लगाउँदा फाइदा हुन्छ ।
- सयपत्रीको पात र फूल छायाँमा सुकाएर चियाका रूपमा बिहान वा बेलुका पिउन सकिन्छ । यसले रगत शुद्ध बनाउँछ ।
- बालबालिकाहरूको छातीमा कफ जम्यो भने फूल तथा पात पकाएर मनतातो भएपछि मह मिसाएर खान दिनुपर्छ ।