वर्षा शिवाकोटी, अभिनेत्री
मन पर्छ
परिकार : मीठो र विविध परिकार खान पाइन्छ, जुन परिकार अरू बेला कमै खाइन्छ ।
अवसर : तिहारलगत्तै पुन: दैनिक कार्यमा लाग्नुपर्ने भएकाले अब यो छोटो समय रमाइलो गरौं भन्ने लाग्छ, जसले गर्दा तिहारका हरेक दिन विशेष लाग्छन् ।
भाइटीका : भाइटीकाको दिन दाजुभाइको महत्व थाहा हुन्छ ।
पूजा : तिहारमा पशु–पन्छीदेखि लिएर भगवान्सम्मको पूजा गरिन्छ, जुन तिहारको उत्कृष्ट पक्ष हो ।
मन पर्दैन
खाना : मीठा परिकारहरू पाक्ने भएकाले खानामा नियन्त्रण हुँदैन जुन स्वास्थ्यका दृष्टिकोणले पनि ठीक होइन ।
देउसी–भैलो : अनावश्यक भीड जम्मा भएर घर–घरमा गै दु:ख दिने काम मन पर्दैन । आफूले चिनेको ठाउँमा मात्र देउसी खेल्नु उचित हो ।
सुरक्षा : चारैतिर उज्यालो र झिलिमिली भएकाले राति ढिलासम्म मानिसहरू हल्ला गरेर हिँडेको देखिन्छ, जुन सुरक्षित हुँदैन ।
भाइटीका : दाजुभाइ नहुनेहरूलाई भाइटीकाको दिन असाध्यै खल्लो अनुभव हुन्छ, यो तिहारको निराशाजनक पक्ष हो ।