साप्ताहिक संवाददाता
कार्तिक २४, २०७२
- आवश्यक तयारी गरेर मात्र देउसी–भैलो खेल्न निस्कनुपर्छ । सुरुमा खेल्न जाने ठाउँ तय गरौं र सम्बन्धित व्यक्तिलाई त्यसको जानकारी गराऊँ ।
- सकेसम्म देउसी–भैलो परम्परागत विधिपूर्ण खेल्दा राम्रो प्रभाव पर्छ ।
- देउसी–भैलोलाई आर्थिक संकलनका हिसाबले भन्दा पनि मनोरञ्जन र संस्कृतिका रूपमा आत्मसात् गरौं ।
- बिरामी, सुत्केरी, वृद्धवृद्धा भएको घरमा देउसी–भैलो खेल्दा धेरै होहल्ला गर्नु उपयुक्त हँुदैन ।
- देउसी–भैलो खेल्दा आफ्नो स्वस्थ्यको पनि ख्याल गर्नुपर्छ । रातभरि देउसी खेल्ने, जथाभावी खाने आदि काम नगरौं ।