साप्ताहिक संवाददाता
कार्तिक २४, २०७२
सडक बालबालिकाको कथामा आधारित रहेको चलचित्र चकलेटको ‘बेथा भुलेर’ गित युट्युवमा लोकप्रिय हुदैं आएको छ ।
हाँस्य कलाकार निर्मल शर्माले निर्देशन गरेको उक्त चलचित्रको निर्माण पूजना प्रधान, खुशि गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले निर्माण गरेका छन् । आगामी मंसिर १८ गते देखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउने चकलेटको हङकङमा प्रदर्शनहुदाँ सकारात्मक प्रतिक्रिया पाएको थियो । चकलेटको यो गितमा आस्था रावतले स्वर दिएकी छिन् ।