साप्ताहिक संवाददाता
कार्तिक २५, २०७२
सावित्री खत्रीद्वारा निर्देशित चलचित्र ‘काफल पाक्यो’ को आइटम गीत ‘काफल खाने मन भो...’ सार्वजनिक भएको छ । प्रल्हाद तिमिल्सिना, आस्था राउत तथा गिरीश खतिवडाको पाश्र्व गायनको यो गीतमा विकास चौधरीको संगीत सुन्न सकिन्छ ।
कविराज गहतराजको नृत्य निर्देशनको यो गीतमा जीवन लुइँटेल तथा वर्षा राउतले नृत्य गरेका छन् । चलचित्र काफल पाक्यो माघे संक्रान्तिको दिन प्रदर्शन हुँदैछ ।
त्यसअघि मंसिर १२ गते यो चलचित्र क्यानाडामा प्रदर्शन हुनेछ । अभिनेता जीवन लुइँटेलको पहलमा क्यानाडाबाट प्रारम्भ भएको विदेशको प्रदर्शन अन्य देशसम्म पुग्ने निर्देशक खत्रीले बताएकी छिन् ।