साप्ताहिक संवाददाता
दसैंअघि प्रदर्शनमा आएको चलचित्र ‘चंखे शंखे पंखे’ ले तिहारलगत्तै आफ्नो आम्दानीको विवरण सार्वजनिक गरेको छ । चलचित्रका निर्माता सन्तोष सेनले आफ्नो चलचित्रले नेपालमा तीन करोड १० लाख रुपैयाँको व्यवसाय गरेको दावी गरेका छन् ।
निर्माता सेनका अनुसार काठमाडौं उपत्यकाबाट यो चलचित्रले १ करोड ८३ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ भने उपत्यका बाहिरबाट १ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेको छ । सुदर्शन थापाद्वारा निर्देशित यो चलचित्र काठमाडौं उपत्यकाका सिनेमा हलबाट उत्रिसकेको छ भने मोफसलका केही शहरमा प्रदर्शनरत छ ।
यसैबीच निर्माता सेनले चलचित्रको विदेशमा प्रदर्शन गर्ने अधिकार यूथ फर यूथ मिडियालाई दिएका छन् । मिडियाले अष्ट्ेरलियाबाट यो चलचित्रको प्रदर्शन प्रारम्भ गर्ने जनाएको छ । अष्ट्ेरलियापछि यो चलचित्र दक्षिण कोरिया, अमेरिका तथा हङकङमा प्रदर्शन हुनेछ । भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाइएको यो चलचित्रमा युवा पुस्ताको देशप्रेमको भावनालाई चित्रण गरिएको छ । चलचित्र सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, रविन्द्र खड्का, ध्रुव कोइराला, राजाराम पौडेल, श्याम राई, रबिन्द्र झा आदि कलाकारले अभिनय गरेका छन् । रामशरण पाठकको पटकथा–संवादको यो चलचत्रिमा ताराप्रकाश लिम्बुको संगीत, अष्ट महर्जनको द्वन्द्व तथा गोविन्द राईको नृत्य निर्देशन छ ।
चलचित्रको ट्रेलर