कार्तिक २९, २०७२
हालै टर्कीको अन्तालियामा सम्पन्न ‘लिटिल मिस एन्ड मिस्टर युरेसिया २०१५’ नामक बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मूल्यांकन प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएका दुई बालिकाले एवार्ड जित्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागी भएकी १० वर्षीया समृद्धि थापाले फस्ट रनर्सअप लिटिल मिस युरेसिया–२०१५ सहित लिटिल मोडलको एवार्ड जित्न सफल भइन् भने उनकै सहोदर बहिनी ९ वर्षीया संयुक्ति थापाले लिटिल प्रिन्सेस युरेसिया–२०१५ को एवार्ड जितेकी छिन् । प्रतियोगितामा भारतकी ५ वर्षीया निविन निरज वेदले लिटिल मिस युरेसिया–२०१५ को ताज पहिरिन सफल भएकी छिन् । समृद्धि र संयुक्तिको उल्लेखित प्रतियोगितामा सहभागिताका लागि संयोजन र सहकार्य ई–प्लानेटले गरेको हो ।