नोभेम्बर १९ देखि ३० तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने मिस एन्ड मिस्टर पानकन्टिटेन्टल–२०१५ का लागि नेपालका तर्फबाट आयुष्मा श्रेष्ठको सहभागिता रहने भएको छ ।
५ फिट ६ इन्च अग्ली २२ वर्षीया आयुष्मा श्रेष्ठ ग्ल्यामर संसारमा नौलो नाम भने होइन । उनी यसअघि काठमाडौं जेसिसले आयोजना गरेको मिस टिन २०१२ की सेकेन्ड रनर्सअप हुन् भने लिरिल फ्रेस फेस–२०१३ की विजेता पनि हुन् ।
थुप्रै र्याम्प शोमा उपस्थिति जनाइसकेकी श्रेष्ठसंग नेपाल फेसन सप्ताहको पनि अनुभव छ । विभिन्न म्यागेजिनको कभर गर्लका रूपमा पनि उनी देखा परिसकेकी छिन् । आयुष्मालाई मिस पानकन्टिनेन्टलमा सहभागिता जनाउन ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइईले संयोजन गरेको छ ।
संसारभरिका विभिन्न समुदाय र संस्कृतिका प्रतिनिधिहरूलाई एउटै ठाउँमा ल्याएर साझा मूल्य–मान्यताको विकास तथा अन्तर्राष्ट्रिय मित्रता र समझदारी प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यअनुरूप पानकन्टिनेन्टल प्रतियोगिताको थालनी गरिएको हो । प्रतियोगितामार्फत विजेताका रूपमा आफ्नो देशलाई पर्यटन, अन्तर्राष्ट्रिय सद्भावना, संस्कृतिमार्फत विश्वमा चिनाउन र मधुमेह रोगसम्बन्धी विश्व सचेतना जगाउनमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वकै उत्कृष्ट दूत चयन गर्ने लक्ष्य बोकेको छ ।