साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७२
चलचित्र बाग्मतीको ट्रेलर सार्वजनिक भएको छ । २ करोडमा निर्माण भएको अहिलेसम्मकै सर्वाधिक महँगो नेपाली चलचित्र ‘बाग्मती’ मार्फत महानायक राजेश हमाल कमब्याक गर्दैछन् ।
चलचित्र बाग्मती पुस २४ गतेदेखि प्रदर्शनमा आउनेछ । दक्षिण भारतीय शैलीमा निर्माण भएको यो चलचित्रको पर्दामा देखिने कलाकार र केही निर्माताबाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् ।
यसका निर्देशक सन्नी केरला हुन् । चलचित्र बाग्मतीमा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरी आदिको अभिनय छ । रविकरप्रसाद घिमिरेले यही चलचित्रबाट नायकका रूपमा डेब्यु गर्दैछन् ।
चलचित्रको ट्रेलर