साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७२
सन् २००९ र २०११ मा भएको अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को निर्वाचनमा भ्रष्टाचार गरेको अभियोगमा फिफाको अनुशासन कमिटीले गणेश थापालाई १० बर्ष प्रतिवन्ध लगाएको छ ।
फिफाको हालै बसेको अनुसासन कमिटीले उनलाई १० बर्ष फुटबलको कुनै पनि गतिविधिमा प्रतिवन्ध लगाउनुका साथै २० हजार स्वीस फ्रयांक (२१ लाख रुपैंया) जरिवना समेत गरेको छ ।