युनिलिभरको उत्पादन लिरिल साबुनको ब्रान्ड अनुहार चयन गर्ने योजना अन्तर्गत संचालन हुादै आएको ‘लिरिल फ्रेश फेश’ को सिजन थ्रीको टप सेभेन सार्वजनिक भएको छ ।
दर्जनौं युवतीहरुबाट चयन भएका अन्तिम २१ जना बाट टप टेन हुादै अहिले टप सेभेन प्रक्रिया सम्पन्न भएको हो । यो चयन प्रक्रियालाई टेलिभिजन कार्यक्रमका रुपमा श्रृङ्खलाबद्ध रुपमा प्रशारण गरिंदै आएको छ । कान्तिपुर टेलिभिजनबाट गएको नोभेम्बर ८ तारिखमा पहिलो श्रृङ्खला प्रशारण गरिएको लिरिल फ्रेश फेस सिजन थ्रीको गत आइतबार प्रशारित दोस्रो श्रृङ्खलाबाट टप सेभेन निक्र्यौल गरिएको हो ।
टप सेभेनमा सोनु गजुरेल, अलिशा श्रेष्ठ, मनिशा परियार, प्रमिला थापा, नेहा श्रेष्ठ, सप्रिना श्रेष्ठ र सुजिना शाही चयन भएका छन् । उनीहरुको एसएमएस भोटिङ पनि खुल्ला भएको छ । आज मध्य रातसम्म भोटिङ लाइन खुल्ला गरिएको छ ।
लिरिल फ्रेस फेस २०१५ को श्रृङखलाहरु कान्तिपुर टेलिभिजनका हरेक आइतबार सााझ ७:३० बजे र सोमबार तथा शनिबार पुन:प्रशारण दिउासो १:३० बजे हेर्न सकिनेछ । टेलिभिजन श्रृङखलाको संजय गुप्ता र लिरिल फ्रेश फेश सिजन टू विजेता शिक्षा संग्रौलाले संयुक्त रुपमा संचालन गरिरहेका छन् ।