साप्ताहिक संवाददाता
नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरले निर्माण गरेको फागुको फष्टलुक, गीत र ट्रेलर नमस्ते टिभी कार्यक्रम मार्फत् सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक संझना उप्रेती रौनियार र नायिका मानन्धरले संयुक्त रुपमा फष्ट लुक सार्वजनिक गरेका हुन् ।
फागुन ७ गतेवाट देशब्यापी प्रदर्शनमा आउने फागुको कथा तराई मुलकी युवतीको कथामा आधारित रहेको छ । जसको कारण छठ पर्वको अवसर पारेर यसको फष्ट लुक, ट्रेलर र एउटा गित सार्वजनिक गरेको निर्देशक रौनियारले बताईन् ।
दुई आँखा चार भो बोलको गीतमा प्रल्हाद तिमिल्सिना र मिना निरौलाले स्वर भरेका छन् भने नृत्य निर्देशन कमल राईले गरेका छन् । यो चलचित्रवाट सुवास पराजुलीले नायकको रुपमा डेब्यु गरेका छन् भने नायिकामा शिल्पा पोखरेल रहेकी छिन् । चलचित्रमा राजेश हमाल, गौरी मल्ल, प्रमोद अग्रहरी, बसन्त भट्टले समेत अभिनय गरेका छन् ।
फागुको ट्रेलर
फागुको दुई आँखा चार भो गीत