मेष
प्रतिभा प्रदर्शन गर्ने क्रममा नयाँ साथी भेटिने सम्भावना छ । आर्थिक पक्ष सबल भै विदेश भ्रमणको अवसर जुट्न सक्छ । नयाँ रोजगारी हात पार्न शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनैतीका रूपमा शिरोधार्य गर्नुहोला । साताको अन्त्यमा मान–प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
वृष
नयाँ कार्य क्षेत्र पहिचान गरी सफलतासमेत हात पार्दा प्रतिस्पर्धीहरूको मन लोभिनेछ । सोचविचार नगरी अरूलाई वचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । कार्यव्यस्तता बढी हुने हुँदा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । नीलो रंग प्रयोग गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला ।
मिथुन
पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अरूको मन जित्नाले सजिलै सहयोग जुट्नेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । मन समाजसेवातर्फ लाग्न सक्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । व्यवसायले विदेशयात्राको अवसर जुटाउन सक्छ ।
कर्कट
मेहनतले जीवनशौलीमा परिर्वतन ल्याउन सक्छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त हुनेछ । परिस्थितिले मन मिल्ने साथी भेट्ने साइत जुराउन सक्छ । सोमबार र मंगलबार मन खिन्न रहे पनि सप्ताहान्तमा पुन: उत्साह जाग्नेछ ।
सिंह
छोटो समयमै विशेष उपलब्धि हासिल गर्न सकिनेछ । राम्रो आम्दानीको योग छ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ । परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा पुर्याउन सक्छ । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गनुहोला ।
कन्या
रोजगारी प्राप्त हुने सम्भावना छ । कलाकौशल देखाएर प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भए पनि ठाकठुकसमेत पर्न सक्छ । परोपकारमा सक्रिय हुँदा ठूलो आत्मसन्तुष्टि प्राप्त हुनेछ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ ।
तुला
मेहनतले कामको अवसर जुटाउन सक्छ । आँटेका काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ । दिगो फाइदा हुने काम वा नोकरी प्राप्त हुने सम्भावना छ । राम्रै आम्दानी हुनेछ भने भैतिक साधनहरूसमेत जुटाउन सकिनेछ । विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् । फजुल खर्चले चिन्ता बढाउन सक्छ ।
वृश्चिक
अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनसक्छ । अरूलाई वचन दिँदाँ अप्ठ्यारोमा परिएला । अभिभावकहरूसँग वैचारीक द्वन्द्व हुनेछ । शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । सप्ताहन्तमा लक्ष्य प्राप्ति गर्न सकिनेछ ।
धनु
खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । रोकिएका काममा देहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी भेटिएलान् । प्रेमको बन्धन कसिने सम्भावना छ । वादविवादमा अघि सर्नु उपयुक्त हँुदैन । प्रतिस्पर्धाले प्रगति गराउनेछ ।
मकर
प्रतिकूल परिस्थितिमा शुभचिन्तक कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् । तत्काललाई समस्या देखिए पनि आइतबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । सप्ताहन्तमा रोजगारीको चिन्ताले सताउन सक्छ ।
कुम्भ
परिवारका सदस्यहरूको सुझावमुताबिक व्यवसाय सञ्चालन गर्दा उचाइ लिन लामो समय कुर्नुपर्ने छैन । साथीसंगीसँग नगदको कारोबार गर्दा ध्यान पुर्याउनुहोला । भोजभतेरमा संलग्न भै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । नीलो रंगको प्रयोगले सहयोगी भूमिका निर्वाह गर्नेछ ।
मीन
जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो पर्नेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । बोलीको मधुरताको बलमा आर्थिक संकटलाई परास्त गर्न सकिनेछ । सवारी साधन तथा विद्युतीय उपकरण सञ्चालन गर्दा होस पुर्याउनुपर्नेछ ।