साप्ताहिक संवाददाता
बधाई छ । (राष्ट्रपतिकी छोरीले रोज्दैछिन् निवर्तमान राष्ट्रपतिका नाति) सुखद दाम्पत्य जीवनको शुभकामना ।
अर्चना बडाल
यो खबर पढेर एकदम खुसी लाग्यो । (सन्दीप बने म्युजिक भिडियो निर्देशक) मेरो नजरमा उनी राम्रा हास्य कलाकार हुन् । अब निर्देशक पनि बन्ने भएछन् ।
भेषराज
हो, मनोज गजुरलले सही भने । (गजुरियल विश्लेषण : नयाँ शक्तिमाथि गजुरियल बहस) सबै शक्ति एक हुनुपर्ने बेला अर्को छुट्टै नयाँ शक्तिको त्यति महत्व हुँदैन । त्यसका लागि यो उपयुक्त समय पनि होइन ।
रमिता क्षेत्री
नायिका नीता ढुंगानाको जीवनशैली पढेर रमाइलो लाग्यो । (नीता ढुंगाना : बिहाइन्ड द सिन) उनी पनि ज्योतिष तथा धर्मकर्ममा विश्वास गर्ने कुरा पढेर आश्चर्यचकित भएँ ।
प्रतीक्षा काफ्ले
सयपत्री र स्वाथ्य उपयोगी लाग्यो । यस्तै सामग्रीहरू अन्य अंकमा पनि पढ्न पाइयोस् ।
सोनी लिम्बू, पाँचथर
म्यारिज मोह दामी लाग्यो । (फ्रन्टपेज : म्यारिज मोह) रमाइलो गर्ने, जमघट हुने अरू विकल्प पनि त छैन यतिबेला ।
श्रेय पौडेल
पछिल्लो समय पश्चिमा चाडहरूले नेपाली मिडियामा खुब स्थान पाउन थालेका छन् । (हलोइन पर्व मनाइयो) नेपाली चाडबाड एवं संस्कृतिलाई पनि प्राथमिकताका साथ स्थान दिनुपर्यो ।
चाँदनी जोशी
निश्मा घिमिरेजीको तिहार भव्य रमाइलो हुने रै’छ । (तिहार अनुभव, भाइटीका) यसपालिको भाइटीका पनि सुखद रह्यो भन्ने अपेक्षा छ ।
धर्मेन्द्र जोशी
राम्रो काम हो । (भूकम्पपीडित विद्यालयहरूका लागि) सामाजिक कामका लागि यस्ता कार्यक्रम हुनु जरुरी छ ।
हरिश प्रसाईं