साप्ताहिक संवाददाता
मंसिर ६, २०७२
नेपालमा हप्तैपिछे नयाँ–नयाँ कार तथा मोटरसाइकल भित्रिरहेको छ । कारका सौखिनहरूलाई मध्यनजर गरेर फोर्ड इन्डियाले नेपाली बजारमा नयाँ कार अल न्यू फिगो उतारेको छ ।
एयरब्यागसमेत उपलब्ध गराइएको यो कारमा स्मार्ट प्रविधिअन्तर्गत एमपीथ्री, स्याटेलाइट नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ । १ दशमलव २ एलटीआई भीसीटी (पेट्रोल), १ दशमलव ५ एलटीडीसीआई (डिजल) र १ दशमलव ५ एलटीआई भीसीटी (पेट्रोल) गरी जम्मा तीन भेरियण्टका कार नेपालमा उपलब्ध छ । यसमा पेट्रोल कारको प्रारम्भिक मूल्य २१ लाख ९९ हजार रुपैयाँ तथा डिजल कारको मूल्य २५ लाख ९९ हजार रुपैयाँ छ ।