साप्ताहिक संवाददाता
मंसिर ८, २०७२
सबैको सोच फरक फरक हुन्छ भन्ने कुरालाई निर्देशक अजय अधिकारी सुशिलले सोच नामक सर्ट फिल्मवाट प्रस्तुत गरेका छन् ।
एकल परिवार तर्फ उन्मुख भैरहेको नेपाली समाजमा आमा र सासु प्रति बुहारी र छोरीले राख्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने कुरालाई अधिकारीले प्रस्तुत गरेका छन् । अहिले अधिकांश घर भित्र भैरहने यो घटनालाई अजयले तिन जना कलाकार मार्फत् प्रस्तुत गरेका छन् । युट्युवमा राखिएको उक्त सर्ट फिल्ममा छोराको रुपमा स्वयं निर्देशक अजयले अभिनय गरेका छन् भने उनको श्रीमतीको रुपमा करिना कक्षपति र सासुको रुपमा स्विकृती नेपालले गरेकी छिन् ।
करिव ८ मिनेट लामो रहेको उक्त सर्ट फिल्मको छायांकन नागेन्द्र दाहालले र सम्पादन भरत रेग्मीले गरेका छन् । सर्ट फिल्मको कथा र सम्वाद भने निर्देशक अजयले नै गरेका छन् ।
सोच सर्ट फिल्म