मंसिर ८, २०७२
युवराज सिंह भारतीय क्रिकेटका जति चर्चित नाम हुन्, त्यतिकै चर्चित छैनन्, हेजल किच बलिउडमा । मोडलबाट नायिका भएकी हेजल किचको सबैभन्दा चलेको चलचित्र हो— बडीगार्ड । त्यसमा उनी नायिका करिना कपुरकी साथी बनेकी थिइन् ।
यिनै बेलायती नागरिक हेजल र युवराजबीच पछिल्लो साता इन्गेजमेन्ट भएको छ र भारतमा क्रिकेट अनि बलिउडको अर्को सम्बन्ध गाँसिएको छ ।
दुईबीच तीन वर्ष अघि चिनजान भएपछि सम्बन्ध अघि बढेको भनिए पनि तीन महिना अघि मात्र उनीहरूको प्रेम प्रकट भएको हो । अब विवाह भने अर्को वर्ष गर्ने योजना छ । यसअघि युवराजको नाम किम शर्मा र दीपिका पादुकोणसँग जोडिएको थियो ।