साप्ताहिक संवाददाता
सरकारी कार्यालयहरूमा सानोतिनो कामका लागि पनि घुस दिने–लिने चलन छ त्यसैले अब प्रत्येक सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा राख्नुपर्यो ।
जितेन कटवाल
नेपालको संविधानमा भएको समावेशी शब्द हटाउनुपर्छ । त्यसको सट्टा गरिबलाई अधिकार राखे सम्पूर्ण नेपालीको हित हुने थियो ।
नेपालीको छोरो
सरकारले चीनसँग व्यापार बढाउने वातावरण मिलाउनुपर्छ, उत्तरी नाका खोल्नुपर्छ । आत्मनिर्भर हुने वैकल्पिक ऊर्जा पहिचान गरी त्यसको प्रयोगतर्फ पाइला चाल्नुपर्छ ।
युवा स्वर
नेपालको नयाँ संविधानले ३२ वटा मौलिक हकको व्यवस्था गरेको छ तर कार्यान्वयन पक्ष असाध्यै चुनौतीपूर्ण छ, जस्तै रोजगारीको हक कसरी कार्यान्वयन गर्छ राज्यले ?
कमल कार्की
नेपालमा यति धेरै विद्यार्थीले स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका छन् तर रोजगारीको अवसर भने सून्यजस्तै छ । के सबैले खाडी मुलुकमा भर पर्नुपर्ने हो ? यदि त्यस्तै हो भने सरकारले उच्च शिक्षा बन्द गर्नुपर्छ । बरु सबैलाई अरेबिक, मलेसियन जापानी फ्रेन्च, स्पेनिस, कोरियन आदि भाषा सिकाए बढी काम लाग्छ ।
नवीन सापकोटा
नेपालको अवस्था देखेर आँखा रसाउँछन् । मजदुरीका लागी नेपालीहरूले विदेश भासिनुपरेको छ, तर शासकहरूलाई यो कुराले कत्ति छोएको छैन । सारा जनता परिवर्तनका लागि एकजुट हुँदा पनि नेताहरू एकजुट हुन सकेनन् । यस्तो अवस्थामा दल, आस्था, विचार, धर्म आदिका नाममा बिभाजित हुनुभन्दा सबै एक ठाउँमा आएर देश विकास लागि पाइला चाल्नुपर्छ ।
विदुर रेग्मी
नेपाली नेताहरूको चरित्र अरूलाई आफूतर्फ आकर्षित गर्ने होइन कि आफैं कोही उत्तर त कोही दक्षिणतर्फ आकर्षित हुने खालको छ ।
मदन सुवेदी
नयाँ सविधानले विभिन्न जाति समुदायका लागि आयोगको कल्पना गरेको छ तर देशलाई दूरगामी असर पार्ने नागरिकता छानबिन आयोग खोइ ?
सुमन