पेशाले प्रसुना कँडेल नर्सिङ पेशामा आबद्ध छिन् र उनी हाल लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत छिन् । ५ फिट ३ इन्च अग्ली कँडेलसँग लन्डनमै म्युजिक भिडियो, रनवे र म्यागजिन मोडलिङ गरेको अनुभव पनि छ । उनले लन्डनस्थित सिटी एकेडेमी अभिनय कोर्षमा डिप्लोमा तथा किङडम स्कूल अफ आर्टस्मा स्क्रिन र थिएटर अभिनयमा ज्ञान पनि हासिल गरेकी छिन् । नेप्लीज नर्सिङ एसोसिएसन युकेका उपाध्यक्ष समेत रहेकी प्रसुना यतिखेर बेलायतको प्रतिष्ठित मानिने मोडलिङ प्रतियोगिता ‘रुल द रनवे युके’ का एक प्रतिस्पर्धी रहेकी छिन् ।
प्रतियोगितामा बेलायतमै रहेका विभिन्न मुलुकका १८ देखि ३६ वर्ष उमेरका २८ जना महिला र पुरुष मोडलहरुले सहभागिता जनाइरहेका छन् । थुप्रै अडिसन र स्क्रिनिङ पछि चयन भएका फाइनलिष्टहरु मध्ये एक रहेकी प्रसुनाले यस अघि लन्डनमै सम्पन्न फेस अफ प्युरिटी ब्युटी कन्टेष्टमा मिस पब्लिक च्वाइस एवार्ड २०१२ प्राप्त गरेकी थिइन् । उनी नेपाली चलचित्र यू टर्नकी सह अभिनेत्री पनि हुन् ।
यतिखेर प्रसुना रुल द रनवे युके प्रतियोगिताको भोटिङ स्पर्धामा उत्कृष्ट पाँच भित्र रहेकी छिन् । भोटिङ प्रक्रियाबाट उत्कृष्छ तीन पुरुष र तीन महिला सहभागिले अर्को चरणमा अगाडि बढ्नका लागि आफ्नो स्थान बलियो बनाउने प्रावधान रहेको छ । अनलाइन भोटिङका लागि निम्न लिंकमा जानुपर्ने हुन्छ । http://www.ruletherunwayuk.com/voting.html
http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXE
भोटिङ आगामी जनवरी ४ २०१६ सम्म खुल्ला रहनेछ । प्रतियोगिताको फाइनल स्पर्धा भने २७ फेब्रुअरी २०१६ मा बेलायतको बर्मिङघमस्थित द क्रिसेन्ट थिएटरमा सम्पन्न हुनेछ ।