साप्ताहिक संवाददाता
मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल–२०७२’ को अडिसन प्रारम्भ भएको छ । अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम अडिसन १९ गते हुने बताइएको छ । नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर तथा सम्मान गर्दै यो पेसामा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य यो प्रतियोगिताको छ ।
राजधानीमा आगामी पुस २५ गते एक भव्य कार्यक्रमसहित सञ्चालन हुने प्रतियोगितामा अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअपका ब्युटी विथ बिरेन, सोसल रेस्पोन्सिभल नर्स, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि विधामा विजेता छानिनेछ ।