मंसिर १४, २०७२
इमरान खानले आफ्नो दोस्री श्रीमतीसँग पारपाचुके लिन अनौठो उपाय अपनाएका रहेछन् र त्यसको खुलासा हालै मात्र भएको छ ।
उनले १० महिना अघि मात्र टीभी जर्नलिस्ट रेहमसँग विवाह गरेका थिए तर एक वर्ष नपुग्दै इमरानले पारपाचुके लिए । उनले त्यसका लागि रेहमलाई इस्लामिक परम्परा अनुसार मोबाइलमा टेक्ट्स पठाएछन्, तीनपल्ट तलाक लेखेर ।
इमरानको यसअघि बेलायती धनाढ्य जेमिमा गोल्डस्मिथसँग विवाह सम्बन्ध टुटेको थियो । रेहमको राजनीतिक महत्वकांक्षाले इमरानको भविष्यमा समस्या आउने संकेत देखिएपछि उनीहरूबीचको सम्बन्धमा पूर्णबिराम लागेको अनुमान गरिएको छ । भविष्यमा प्रधानमन्त्री हुन सक्ने भनिएका इमरानले अपनाएको पारपाचुकेको यो उपायलाई भने धेरैले मन पराएका छैनन् ।