साप्ताहिक संवाददाता
मंसिर १४, २०७२
माघे संक्रान्तिको दिन नेपालमा प्रदर्शन हुने चलचित्र ‘फन्को’ युरोपमा भने यसै साता प्रदर्शन भएको छ ।
बेल्जियममा रेड कार्पेट प्रिमियर गरिएको यो चलचित्र हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएको निर्णाण पक्षले जनाएको छ । सुवर्ण थापाद्वारा निर्देशित यो चलचित्रमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्र फन्कोको ट्रेलर