मंसिर १५, २०७२
हाम्रा आमा–हजुरआमाहरू चौबन्दी चोली र फेरो पारेको सारी लगाउँथे भने त्यसमा बार्हहाते पटुकी बाँधेर पटुकीभित्र थैली राख्थे ।
उक्त थैलीको दुईपट्टिको चोसामा २/२ वटा तुना राखिएका हुन्थे । थैलीको बनावट प्राविधिक नै हुन्थ्यो । दुवै चोसाका एक–एकवटा तुना तन्दा थैलीको मुख खोलिन्थ्यो र अरू दुइटा तुना तान्दा थैलीको मुख बन्द हुन्थ्यो । यो प्रविधिबाट मुख खोलिने र बन्द हुने थैलीलाई सुर्के थैली भनिन्छ । हिजोआज हस्तनिर्मित सरसामानहरू मात्र नभै नामसमेत लोप हुँदैं गएका छन् । त्यसरी लोप हुने अवस्थामा पुगेका वस्तुहरूमध्ये सुर्के थैली पनि एक हो ।