साप्ताहिक संवाददाता
गीतकार नृपेश उप्रेतीले रचना गरेका आधुनिक गीत तथा गजलहरुको संग्रह ‘आहान: अर्को खुशी’ मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
विगत १४ वर्षदेखि बेलायतमा बसोवास गर्दै आएका गीतकार उप्रेती त्यसअघि नेपालमा रहँदा पत्रकारितामा सक्रिय थिए । छापा तथा टेलिभिजन पत्रकारितामा काम गरेर स्थापित भएपछि बेलायत पुगेका उप्रेतीले त्यहाँकै एउटा रेडियोमा समेत काम गरेका छन् । विमोचित संग्रहमा अर्जुन पोखरेलको एकल संगीत निर्देशनका गीतहरु समावेश छन् । एल्बमका गीतमा प्रमोद खरेल, अञ्जु पन्त, शिव परियार, हिमाल सागर, राज सिग्देल तथा शर्मिला वर्देवाको स्वर सुन्न सकिन्छ ।
विमोचन समारोहमा एल्बमका दुई गीत ‘जुनी जुनी’ तथा ‘आफ्नै जिन्दगी’ को म्युजिक भिडियो सार्वजनिक गरियो थियो । जुनी जुनी...मा अञ्जु पन्तको स्वर छ भने आफ्नै जिन्दगीमा...प्रमोद खरेल र शिव परियारको युगल गायन रहेको छ ।
एल्बमको एउटा गीत