गत नोभेम्बर १९ देखि ३० तारिखसम्म फिलिपिन्सको मनिलामा सम्पन्न मिस एन्ड मिस्टर पानकन्टिटेन्टल–२०१५ मा सहभागी राजीव शाही र आयुष्मा श्रेष्ठले फरक उप–शीर्षकका एवार्ड जितेका छन् । मिस्टर पानकन्टिनेन्टलका प्रतिस्पर्धी राजीवले मिस्टर बेस्ट स्माइल तथा मिस पानकन्टिनेन्टलका प्रतिस्पर्धी आयुष्माले मिस फ्रेन्डसिपको एवार्डमा सफलता प्राप्त गरेका हुन् । अयुष्मा प्रतियोगितामा नवौं स्थानमा रहन सफल भइन् ।
कार्गो वल्र्डका निर्देशक ६ फिट अग्ला ३३ वर्षीय राजीव यसअघि ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइबाट आयोजित म्यानहन्ट इन्टरनेसनल नेपाल–२०११ का सेकेन्ड रनर्सअप तथा फ्रेन्डसिप उपाधि विजेता हुन् । ५ फिट ६ इन्च अग्ली २२ वर्षीया आयुष्मा श्रेष्ठ यसअघि काठमाडौं जेसिसको आयोजनामा सम्पन्न मिस टिन–२०१२ की सेकेन्ड रनर्सअप हुन् भने लिरिल फ्रेस फेस–२०१३ की विजेता पनि हुन् । थुप्रै र्याम्प शोमा उपस्थिति जनाइसकेकी आयुष्मासित नेपाल फेसन सप्ताहको पनि अनुभव छ ।
पानकन्टिनेन्टल प्रतियोगिताको मिस्टरतर्फ आयोजक राष्ट्र फिलिपिन्सका वेन देविड हिचकक विजेता भए भने भियतनामकी होआ थी वोन येन मिसतर्फकी विजेता रहिन् । संसारभरिका विभिन्न समुदाय तथा संस्कृतिका प्रतिनिधिहरूलाई एउटै ठाउँमा ल्याएर साझा मूल्य–मान्यताको विकास तथा अन्तर्राष्ट्रिय मित्रता एवं समझदारी प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यअनुरूप पानकन्टिनेन्टल प्रतियोगिताको थालनी भएको हो ।