साप्ताहिक संवाददाता
दक्ष इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा जेनिफर विङदेलले मिस व्युटिफुल नेपाल–२०१५ को उपाधि जितेकी छिन् ।
जेनिफरले मुख्य उपाधिसहित वेष्ट स्कीनको उपाधि पनि जितेकी छिन् । १२ जना युवतीहरुबीच भएको उक्त प्रतियोगितामा सिर्जना राईले फष्ट रनर्सअपसहित मोष्ट चार्मिङ, नितु बञ्जराले सेकेण्ड रनर्स अपसहित मिस कन्जिनियालिटी तथा व्युटी विथ पर्पस, अलिना केसीले थर्ड रनर्स अपका साथै फेसबुक च्वाईस र फोटोजेनिक तथा कविता गौतमले फोर्थ रनर्सअपका साथमा मोस्ट ट्यालेण्टको शीर्षक उपाधि जित्न सफल भए ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सिर्जना शर्माले पपुलर र क्याटवक, अलिसा थापाले फ्रेण्डली, लीना पुन मगरले डिसिप्लेन, उमा झाले फिजीक, सपना श्रेष्ठले
फिटनेश, अमिरा श्रेष्ठ हेयर तथा सजना माझीले वेष्ट स्माइलको उपाधि जित्न सफल भएका छन् ।