साप्ताहिक संवाददाता
डर त मलाई मान्छेसँग लाग्न थालेको छ । अभाव र त्रासले मानिसहरूको असली रूप बाहिर आउन थालेको छ ।
शान बस्नेत, चलचित्र लेखक
प्रकृतिभन्दा त मानिसबाट निर्मित वस्तुहरूसँग बढी डर लाग्दो रहेछ । पराकम्पभन्दा मलाई ठूला भवनहरूसँग डर लाग्छ । प्राकृतिक विपत्तिभन्दा नाकाबन्दीकै डर बढी लाग्छ । मलाई मृत्युभन्दा हत्याको त्रास बढी छ ।
निशा अधिकारी, नायिका
भूकम्प प्राकृतिक हो भनेर चित्त बुझाइन्छ, तर जानाजानी दु:ख दिने मनसायले गरिएको नाकाबन्दीसँग चाहिँ बढी डर लागेको अवस्था ।
ऋचा शर्मा, नायिका
यति डराइयो कि अब त डर भन्ने कुरा नै पचिसकेको छ । भूकम्प, नाकाबन्दी र पराकम्पले ममा जस्तोसुकै अवस्थासँग पनि जुध्न सक्ने क्षमता बढेको महसुस भएको छु । जनताभन्दा हाम्रा नेताहरूको खुट्टा ठोस निर्णय लिन लगलग काँपेको पो हो कि ?
सलोन बस्नेत, नायक
दुईवटैसँग, मतलब : पराबन्दी ।
केदार घिमिरे, माग्नेबुढा
सहनशील बानी भएकाले सहन सक्छु, डर लाग्दैन । डराएर पनि के गर्नु ?
मनोज पन्त, रेडियोकर्मी
न पराकम्प, न नाकाबन्दी म केहीसँग डराउँदिनँ, किनभने म नेपालीको छोरो हुँ ।
अमृत सुनुवार, छायाँकार
यी दुईभन्दा बढी डर सभासद्हरूसँग लाग्छ । भूकम्पले त झ्याप्पै मार्ला, तर यिनीहरूको अदूरदर्शिताले हामीलाई बिस्तारै–बिस्तारै मार्दैछ ।
दीपकराज गिरी, हास्यकलाकार
नाकाबन्दी नि ।
सोनी केसी, मोडल
डरभन्दा पनि बरु यो वर्ष भूकम्प, पराकम्प र नाकाबन्दीले हामीमा समस्यासँग लड्न सक्ने साहस बढाएको छ ।
गम्भीर विष्ट, नृत्य निर्देशक