साप्ताहिक संवाददाता
सधैं नायिकाहरू नांगिएको पढ्न, सुन्न तथा हेर्न पाइन्थ्यो । (फ्रन्टपेज–नांगिन्छन् नायक पनि) यसपालि साप्ताहिकमा त्यस्तै खबर नायकहरूका बारेमा पढ्न पाइयो, फरक लाग्यो ।
लोचन रिजाल
शिल्पाको तस्बिर त बनाएको जस्तो पो देखिन्छ । (शिल्पाको पुर्पुरो) बनाइएको तस्बिर खासै राम्रो देखिँदैन ।
प्रतीक बाबु
त्यति डराउनु पर्दैन । (मलाई एचआईभीको डर छ ।) तर ख्यालचाहिँ गर्नुपर्छ । मन बलियो बनाउनुहोस् ।
हंस राज
राम्रो समाचार हो । (देशको पीडामा प्रवासीको साथ) यस्तो बेला संसारभरका नेपालीले साथ दिनुपर्छ ।
अब्दुल रहमान
यस्ता युवाहरूलाई राज्यले उचित सहयोग तथा काम गर्ने वातावरण बनाइदिनुपर्छ । (गाउँले युवाले बनाए घरेलु ग्याँस) सरकारले यस्तो काम गर्नेहरूलाई हौसला दिनुपर्छ ।
चिरन्जीवी काफ्ले, राज बस्नेत, सन्जय कुमार, प्रदीप ज्ञवाली
रजनी केसीको कुरा सही लाग्यो । (विवाह कोसँग हुन्छ भन्ने कुरा भाग्यले बताउँछ– रजनी केसी, नायिका) विवाह आफ्नो हातमा पनि हुँदैन ।
डबल बोहरा
पाप धुरीबाट कराउँछ भन्थे, सही रहेछ । (खेलकुद : भ्रष्टाचारबाट उब्जिएको सत्ता) आखिर जति लुकाउन खोजे पनि थापाले कारबाही भोग्नैपर्यो ।
राजु तामाङ
सर्वेन्द्र खनालले राम्रो काम गरिरहेका छन् । (जीवनशैली : सर्वेन्द्र खनालको भित्री पाटो) जनताका पक्षमा काम गर्नेलाई सबैले हौसला दिनुपर्छ ।
पूर्ण महर्जन
पाकिस्तानी वृत्तचित्र साँच्चिकै राम्रो थियो । (पाकिस्तानी शरणार्थीको कथा सर्वोत्कृष्ट) मन परेको वृत्तचित्र सर्वोत्कृष्ट भएको कुरा सुनेर खुसी लाग्यो ।
जगदीश पोखरेल
कर्माछिरिङ शेर्पाको भनाइ सही छ । (गणेश थापालाई फुटबल प्रेमीहरूले कसरी माफ गर्लान् र ?) थापालाई फुटबल प्रेमीहरूले माफी दिनेछैनन् ।
धु्रव अधिकारी
आईएसको अमानवीय क्रियाकलाप बन्द हुनुपर्छ । (आईएसको चरम क्रूरता) यस्तो आतंकवादी काम रोकिनुपर्छ । यस्तो कामले कसैलाई फाइदा गर्दैन ।
पृथ्वी काफ्ले
यस्तो चलन पनि आइसकेछ । (मैदानबाहिर, टेक्ट्स गर्दै पारपाचुके) सहमतिमा छुट्नेहरूलाई त केही छैन । माया गर्दागर्दै कसैबाट अलग हुनुपर्दा नमज्जा हुन्छ ।
रजेन्द्र कार्की