साप्ताहिक संवाददाता
अभिनेत्री शुभेच्छा थापा आफ्नो चलचित्रको प्रदर्शन पूर्व विभिन्न शैलीका प्रचार अभियानमा सक्रिय हुन रुचाउँछिन् । अघिल्लो वर्ष चलचित्र ‘मिस नेपाल’ को प्रदर्शनका बेला शुभेच्छाले शरीरका संवेदनशील अंग माछाले ढाकेर फोटोसेसन गराएकी थिइन् ।
‘बिन्दास–३’ को छायांकन प्रारम्भ भएलगत्तै उनले छातीको देब्रे भागमा नेपालको झन्डाको ट्याटु बनाएर चर्चामा आइन् । यतिबेला ‘बिन्दास–३’ प्रदर्शनको क्रममा छ । आफ्नै मुख्य भूमिका रहेको चलचित्रको प्रचारप्रसारका लागि शुभेच्छा अहिले खुलेर लागेकी छिन् ।
अघिल्लो साता पोखरा भ्रमणका क्रममा शुभेच्छाले लेकसाइट वरपर फोटोसेसन गर्न भ्याइन् । फोटोसेसनका क्रममा उनले विदेशी पर्यटकलाई दायाँ–बायाँ उभ्याएर समेत फोटो खिचाइन् । राजु गिरीद्वारा निर्देशित यो चलचित्रमा शुभेच्छाले अभिनेता अशोक फुयाँल तथा मनिष कार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।