साप्ताहिक संवाददाता
सुष्मा अधिकारी, अभिनेत्री
- प्रेम सम्पूर्ण रूपमा एउटा आकर्षण हो । जब कुनै व्यक्ति मन पर्न थाल्छ, एक प्रकारको भावना पैदा हुन्छ ।
- प्रेम जादुमय हुन्छ तर कहिलेकाहीं त्यही जादु भ्रम पनि हुन सक्छ । अर्को शब्दमा भन्नुपर्दा कहिलेकाहीं प्रेम खतरनाक पनि हुन्छ, त्यसैले कसैसँग प्रेममा पर्नुभन्दा अघि विशेष सावधानी अपनाउनुपर्छ ।
- प्रेम आफैंमा एउटा सुन्दर अनुभूति हो जसको कुनै सीमा हुँदैन, कुनै जातपात हुँदैन, न त कुनै धर्म नै हुन्छ ।
- प्रेमले कहिल्यै हार मान्दैन । चोखो प्रेम सधैं सफल हुन्छ ।
- प्रेमबिनाको जीवन कल्पनासम्म गर्न सकिँदैन, तर प्रेम गर्ने क्रममा एकले अर्काको सम्मान गर्नु अनिवार्य छ । आफ्नो सम्बन्धलाई सकेसम्म सुमधुर बनाउने प्रयास जारी राख्नुपर्छ ।
- कसैलाई प्रेम गर्नु ठूलो कुरा होइन, तर कसैको प्रेम पाउनु सबैभन्दा ठूलो कुरा हो । प्रेम पाउने व्यक्तिको जीवन सधैं सुन्दर रहन्छ ।
- साँचो प्रेम रोमान्स अथवा क्यान्डिल लाइट डिनरमा मात्र सीमित हुँदैन । यो त सम्मान, विश्वास, समझदारी तथा केयरमा भर पर्छ ।
- जब कोही प्रेममा पर्छ, ऊ राम्रोसँग निदाउनसमेत सक्दैन, किनभने उसलाई के कुराको ज्ञान भैसकेको हुन्छ भने सपनाभन्दा बिपना नै सुन्दर छ ।