साप्ताहिक संवाददाता
जबसम्म अशिक्षा, अन्धविश्वासमा रुमल्लिएका जनतालाई प्रयोग गरेर आफू माथि पुग्ने अनि तल फर्केर पनि नहेर्ने नेताहरूको वास्तविकता बुझाउन सकिँदैन तबसम्म यो देशमा शान्ति असम्भव छ ।
कृष्ण बस्याल
राजनीतिक पार्टीहरू अलग–अलग भए पनि उनीहरूको सोच एउटै छ । आफू सधैं सत्ता र शक्तिमा रहन चाहने तर जनतालाई अभाव, पीडा तथा समस्यामा राख्न चाहने सबैको स्वभाव मिल्दोजुल्दो छ ।
काली अनु
नेपालीहरूको एकता तथा मेलमिलाप कसैले नखलबल्याओस् ।
अमृत गौतम
काठमाडौंका प्रमुख सडकहरू खाल्डाखुल्डीले गर्दा हिंड्नै नहुने भएका छन् । महिनौं बिते पनि किन सुधार हुँदैंन ?
विजय काजी
मिडिया निष्पक्ष हुनुपर्यो । कुनै राजनीतिक पार्टी वा कुनै नेताको भरमा चल्नु भएन ।
खेमराज
ठूला भनिएका नेताहरू जिम्मेवार रूपमा प्रस्तुत हुन सकेनन् । आ–आफ्नै स्वार्थका लागि लडिरहेका छन् सबै ।
शंकर पाण्डे