मंसिर २१, २०७२
विश्वभर उदाहरणीय जोडी मानिने एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धलाई मजबुत बनाउन उनीहरूबीच हुने झगडाले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । यो कुरा अरू कसैको नभै स्वयं एन्जेलिनाको हो ।
हालै एक अन्तर्वार्ताका क्रममा एन्जेलिनाले श्रीमान् ब्राड पिटसँग भैरहने लडाइले उनीहरूबीचको सम्बन्धलाई अझ बलियो बनाएको बताइन् । दम्पतीबीचको मनमुटावलाई झगडाले नियन्त्रण गर्ने एन्जेलिनाको भनाइ छ । मनमुटाव र लडाइँलाई पन्छाएर अघि बढ्न सक्नु ठूलो सफलता हो तर भित्रभित्रै पीडा लिएर बाँच्नुको सट्टा आपसमा झगडा गर्ने हो भने एक–अर्काका धेरै कुरा स्पष्ट हुन्छन् । एन्जेलिना भन्छिन्– ‘जति बहस गरे पनि जति नै लडाइँ गरे पनि हाम्रा आफ्नै सीमा छन्, चुनौती छन् । मेरो काम पिटलाई माया गर्नु हो, जुन म गर्छु ।’ पछिल्लो १० वर्षदेखि उनीहरू साथै बस्दै आएका छन् ।